लगानी खबर, काठमाडाैँ - बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १०.१३ अंकले बढेर २६८४.०१ मा पुगेकाे छ । नेप्से ०.३८ प्रतिशतले बढेकाे हो ।
बिहीबार सर्वाधिक काराेबार हुने कम्पनीहरूकाे पहिलाे सूचीमा नेपाल पूनर्बीमा कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे ४९ कराेड ४ लाख ७५ हजारकाे काराेबार भएकाे हाे ।
त्यसपश्चात् सर्वाधिक काराेबार हुने कम्पनीहरूमा क्रमश : नेशनल हाइड्राेपावर, अरूण काबेली, हिमाल दाेलखा हाइड्राेपावर, नेपाल इन्भेष्टमेन्ट बैंक, हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेचलपमेन्ट कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, युनाइटेड माेदी हाइड्राेपावर, रसुवागढी हाइड्राेपावर, युनिभर्सल पावर कम्पनी रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।