Like us!
Follow us!

यी १३ कम्पनीको भाउ ९% भन्दा बढीले वृद्धि, लगानीकर्ता भए मालामाल

यी १३ कम्पनीको भाउ ९% भन्दा बढीले वृद्धि, लगानीकर्ता भए मालामाल

लगानी खबर, काठमाडाैँ - बिहीबार सेयर बजारमा हरियाली छाएकाे छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १०.१३ अंकले बढेर २६८४.०१ मा पुगेकाे छ । नेप्से ०.३८ प्रतिशतले बढेकाे हो ।

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै नाफा कमाएका छन् । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार एक सय ६६ रूपैयाँ पुगेकाे छ ।

त्यसपश्चात् क्रमश : दिव्यश्वरी हाइड्रोपावर, विशाल बजार कम्पनी, रूरू जलविद्युत परियाेजना लिमिटेड, सप्तकाेशी डेभलपमेन्ट बैंक, प्रोगेशिभ फाइनान्स, जाेशी हाइड्राेपावर, समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी, खानीखोला हाइड्रोपावर, बेष्ट फाइनान्स कम्पनी र  युनियन हाइड्राेपावर र सेन्ट्रल फाइनान्सका लगानीकर्ता मालामाल भएका छन् । यी सबै कम्पनीकाे सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।

609cf29fc6b37.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।