Like us!
Follow us!

नेप्सेमा २ करोड १३ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा २ करोड १३ लाख कित्ता सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - आज (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको सेयर सूचिकृत भएको छ ।

नेप्सेका अनुसार ३ वटा कम्पनीको २ करोड १३ लाख ११ हजार ८७९ कित्ता सेयर सूचिकृत भएको हो । आज साहारा विकास बैंक लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था र प्राइम कमर्सियल बैंकको बोनस सेयर सूचिकृत भएको हो ।

साहारा विकास बैंक लिमिटेड
नेप्सेमा सहारा विकास बैंकको १ लाख ६७ हजार ८८८ दशमलव ०४ कित्ता सेयर सूचिकृत भएको हो ।

गणपति लघुवित्त वित्तीय संस्था
सोमबार गणपति लघुवित्तको १ लाख ६६ हजार ११७ कित्ता सेयर सूचिकृत भएको छ ।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकको २ करोड ९ लाख ७७ हजार ८७४ दशमलव २५ कित्ता सेयर सूचिकृत भएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।