Like us!
Follow us!

दिनहुँ बढ्दै सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

दिनहुँ बढ्दै सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

लगानी खबर, काठमाडौं - नेपाली बजारमा आज (साेमबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ ।

साेमबार सुनकाे मूल्य  ताेलामा २ सय रूपैयाँले बढेर  प्रतितोला ९२ हजार रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, साेमबार तेजावी सुनको मूल्य पनि ताेलाकाे २ सय रूपैयाँले नै बढेर  प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, साेमबार चाँदीकाे मूल्य पनि ताेलाकाे १५ रुपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय ६० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।