Like us!
Follow us!

हाइड्रोपावरमा ओइरिए लगानीकर्ता, यी हुन् रोजाइका कम्पनीहरु

हाइड्रोपावरमा ओइरिए लगानीकर्ता, यी हुन् रोजाइका कम्पनीहरु

लगानी खबर, काठमाडौँ - हाइड्रोपावरमा लगानीकर्ताहरूकाे आकर्षण बढेकाे छ । बुधबार बढ्ने कम्पनीहरूमा अधिकांश हाइड्रोपावरहरू रहेका छन् । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० मा पुगेकाे छ ।

घटेकाे बजारमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सर्किट लागेकाे छ ।

त्यसपश्चात् क्रमश : विशाल बजार कम्पनी लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, सिंगटी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, युनियन हाइड्रोपावर कम्पनी लिमिटेड, जाेशी हाइड्रोपावर कम्पनी लिमिटेड, बरूण हाइड्रोपावर कम्पनी लिमिटेड र  राधी जलविद्युत कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यसका साथै, कानीखाेला हाइड्रोपावर कम्पनी लिमिटेड, घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेड, आँखुखाेला जलविद्युत कम्पनी लिमिटेड, ङादी ग्रुप पावर कम्पनी लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।

609266abca60a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।