लगानी खबर, काठमाडौँ - आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २६६५.११ मा पुगेकाे छ । नेप्से २.०७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.७८ अंकले बढेर ४७७.८१ मा पुगेको छ ।
आइतबार सबैभन्दा धेरै काराेबार हुने कम्पनीहरूकाे पहिलाे नम्बरमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड रहेकाे छ । बैंककाे ४२ कराेड २ लाख ४३ हजार ९ सय ३ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
त्यसपश्चात् क्रमश: नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेपाल टेलिकम, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, हिमालयन डिष्टीलरी, शिवम् सिमेन्ट, अपर तामाकाेशी, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, सानिमा बैंक लिमिटेड र अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।