Like us!
Follow us!

सामुदायिक लघुवित्तको नाफामा १७ प्रतिशतले गिरावट, अन्य सूचक कस्ता छन् ?

सामुदायिक लघुवित्तको नाफामा १७ प्रतिशतले गिरावट, अन्य सूचक कस्ता छन् ?

लगानी खबर, काठमाडौं - सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद नाफा १७ प्रतिशतले घटेर १ करोड ७१ लाख रुपैयाँ सिमित भएको छ । गत वर्षको सोहि अवधिमा संस्थाले २ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । 

त्यसैगरी सो अवधिसम्म संस्थाले १ करोड ८९ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा यस्तो नाफा ४० प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा संस्थाले ३ करोड १६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

हाल संस्थाको चुक्तापूँजी १३ करोड २० लाख रहेको छ भने जगेडा कोषमा ६ करोड ६५ लाख रुपैयाँ रहेको छ ।  त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ३८ पैसा रहेको छ ।

608e5a9ed49e2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।