लगानी खबर, काठमाडौं - ङादी ग्रुप पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले २ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४०.११ प्रतिशतले थोरै हो । अघिल्लो वर्ष ङादीले ४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी घटेर ७ करोड ५३ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १० करोड ४३ लाख रुपैयाँ रहेको थियो ।
तेस्रो त्रैमाससम्म ङादी ग्रुपको चुक्ता पुँजी ५८ करोड ५१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड १६ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ०७ पैसा रहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।