लगानी खबर, काठमाडौँ - बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १३.७९ अंकले घटेर २५८५.२८ मा पुगेकाे छ । नेप्से ०.५३ प्रतिशतले घटेकाे हो ।
बुधबार सबैभन्दा धेरै काराेबार हुने कम्पनीहरूकाे पहिलाे नम्बरमा एनसीसी बैंक रहेकाे छ । बैंककाे २८ कराेड २८ लाख ९३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
त्यसपश्चात् क्रमश: अपर तामाकाेशी, हाइड्राेइलेक्ट्रीसिटी एण्ड इन्भेष्टभेन्ट, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, शिवम् सिमेन्ट, ग्लाेबल आइएमइ बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र हिमालयन डिष्टीलरीकाे सर्वाधिक काराेबार भएकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।