लगानी खबर, काठमाडौँ - साताकाे दाेश्राे दिन आज (साेमबार) पनि सेयर बजार राताम्मै देखिएकाे छ । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको समाचार बाहिरिएसँगै सेयर बजारमा झनै नकारात्मक प्रभाव देखिएकाे छ । हुनत हिजाे पनि नेप्सेमा भारी अंककाे गिरावट देखिएकाे थियाे । केही समय अगाडि लगातार नयाँ नयाँ रेकर्ड बनाउँदै आइरहेकाे सेयर बजार गत साताबाट भने घट्न सुरू भएकाे हाे ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ७५.५८ अंकले घटेर २५०६.६१ मा पुगेकाे छ । नेप्से २.५५ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ११.२५ अंकले घटेर ४५२.७९ मा पुगेको छ ।
कूल २२० वटा कम्पनीकाे एक कराेड २९ लाख ११ हजार ७ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५९ करोड ९ लाख २८ हजार २ सय २ रुपैयाँको कारोबार भएकाे छ ।
स्टकका अनुसार साेमबार कारोबार भएका सबै उपसमूहकाे परिसूचक राताम्मै देखिएकाे छ ।
त्यसैगरी, साेमबार काराेबार रकमकाे आधारमा अपर तामाकाेशीले अग्रता कायम गर्न सफल भएकाे छ । साेमबार विशाल बजारका लगानीकर्ताहरूले सर्वाधिक कमाउँदा रिलायन्स फाइनान्सका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।
हेराैं आजकाे सेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।