Like us!
Follow us!

रिडी हाइड्रोपावरको नाफा २ करोडभन्दा बढी, प्रतिसेयर आम्दानी कति ?

रिडी हाइड्रोपावरको नाफा २ करोडभन्दा बढी, प्रतिसेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौं - रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  
कम्पनीले यस वर्ष तेस्रो त्रैमाससम्म आइपुग्दा २ करोड १४ लाख २४ हजार रुपैयाँ  खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षकोभन्दा ३०.६८ प्रतिशत कम हो ।  गत वर्षको सोहि अवधिसम्म कम्पनीले ३ करोड ९ लाख ६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । 

कम्पनीले रिडी खोला हाइड्रोवाट ४ करोड २८ लाख ७३ हजार रुपैयाँ बराबरको विद्युत विक्री आम्दानी गरेको छ भने बुटवल सोलारबाट ३ करोड ७२ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको छ ।
यस वर्ष कम्पनीको कुल सञ्चालन खर्च बढेको छ । गत वर्ष ५४ लाख ६३ हजार रुपैयाँ कुल सञ्चालन खर्च भएको कम्पनीको यस वर्ष २ करोड २३ लाख ४७ हजार रुपैयाँ यो खर्च भएको हो ।  

त्यसैगरी कम्पनीले  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ८ करोड १ लाख ३४ हजार रुपैयाँ बराबरको कुल आम्दानी गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको यस्तो आम्दानी  ४ करोड ४ लाख २४ हजार रुपैयाँमा सिमित थियो । 

हाल चुक्तापूँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष रकम २ करोड २४ लाख ६७ हजाररुपैयाँ छ । यस्तै कम्पनीको  प्रतिसेयर आम्दानी ४.८७ र  प्रतिसेयर नेटवर्थ १०३.८४ रुपैयाँ रहेको छ ।

6084f4ae6964a.jfif

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।