Like us!
Follow us!

खुद ब्याज आम्दानी घट्दा पनि ९४.१६ प्रतिशतले बढ्यो मन्जुश्री फाइनान्सको मुनाफा, ईपिएस कति ?

खुद ब्याज आम्दानी घट्दा पनि ९४.१६ प्रतिशतले बढ्यो मन्जुश्री फाइनान्सको मुनाफा, ईपिएस कति ?

लगानी खबर, काठमाडौं - मन्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आज मंगलबार प्रकाशित विवरण अनुसार विवरण अनुसार फाइनान्सको खुद नाफामा उल्लेखिय बृद्धि देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फाइनान्सले ३७ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ । यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९४.१६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले १९ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा फाइनान्सको खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा फाइनान्सले २९ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो १.५८ प्रतिशतले घटेर २८ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

फाइनान्सको सञ्चालन मुनाफामा भने ब्यापक बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा २६ करोड ३६ लाख रुपैयाँ रहेकोमा फाइनान्सको सञ्चालन मुनाफा चालु आर्थिक तेस्रो त्रैमाससम्ममा १०४.४७ प्रतिशतले बढेर ५३ करोड ९० लाख रुपैयाँ पुगेको छ । 

फाइनान्सको खुद मुनाफा बृद्धि भएसंगै प्रतिसेयर आम्दानी समेत बढेको छ । अघिल्लो बर्षको यहि अवधिमा फाइनान्सकोको प्रतिसेयर आम्दानी ३१ रुपैया ४९ पैसा रहेकोमा अहिले त्यो बृद्धि भएर ५१ रुपैयाँ ८२ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ९पिई रेसियो० ९.७२ गुणा रहको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ९४ पैसा रहेको छ ।

फाइनान्सको चुक्ता पूँजी चैत मसान्तसम्ममा ९६ करोड ५३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै फाइनान्सको जगेडा कोष बढेर ६६ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।