टिएमएस एकदमै दयनीय अवस्थामा छ, यसलाई सुधार्नु अत्यन्तै जरुरी छ : लगानीकर्ता कृष्ण प्रसाद तिवारी
लगानीखबर
शनिबार, ०४ बैशाख २०७८, ०८ : ०५
मा प्रकाशित
लगानी खबर, काठमाडौं - अहिलेकाे नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे टिएमएस सिस्टम अत्यन्तै दयनीय अवस्थामा रहेकाे र यसलाई सुधार्नु जरूरी भएकाे सेयर लगानीकर्ता कृष्ण प्रसाद तिवारीले बताएका छन् ।
लगानीखबरकाे कार्यक्रम "द भ्वाइस अफ इन्भेष्टर्स" मा कुराकानी गर्ने क्रममा उनले टिएमएस सिस्टम राम्ररी नचल्दा आफूहरूले राम्ररी तथ्यांकहरू समेत केही हेर्न नपाएकाे गुनासाे गरेका छन् । टिएमएसमा समस्या आएकै कारण भनेकाे समयमा सेयर किनबेच गर्न नसकेकाे उनी बताउँछन् ।
कुराकानी कै क्रममा उनले लगानीकर्ताहरूले लगानी गरेर तुरून्तै नाफा खान्छु भन्दा घाटा व्यहाेर्नुपर्ने बताएका छन् । उनी भन्छन्, "लगानीलाई लामाे समयसम्म हाेल्ड गर्ने सके राम्राे आम्दानी हुन्छ ।"
भिडियाे पनि :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।