Like us!
Follow us!

एनसीसी बैंकको १० वर्षको लाभांश इतिहास : लगानीकर्ताले कति कमाए ?

एनसीसी बैंकको १० वर्षको लाभांश इतिहास : लगानीकर्ताले कति कमाए ?

लगानी खबर, काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत वाणिज्य बैंकमध्येकाे एक हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले बैंककाे सेयरमूल्य प्रतिकित्ता ३ सय १६ रूपैयाँ रहेकाे छ । 

बैंककाे १० आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा १० वटा आर्थिक वर्षमा बैंकले ४ वटा आर्थिक वर्षमा आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे छैन । लाभांश वितरण गरेकाे ६ वटा आर्थिक वर्षमध्ये बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७०/७१ मा ४० प्रतिशत लाभांश (३८ प्रतिशत बाेनस र २ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०६८/६९ मा ५.२६ प्रतिशत लाभांश (५ प्रतिशत बाेनस र ०.२६ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

बैंककाे सेयरमा दश वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी अहिले बढेर ७८ हजार भन्दा माथी पुगेकाे छ ।

यस्ताे छ नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड​को १० वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे थिएन ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र ०.२६ प्रतिशत नगद गरि कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे थिएन ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३८ प्रतिशत बाेनस र २ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बाेनस र ०.८४ प्रतिशत नगद गरि कूल १६.०.८४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे थिएन ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे थिएन ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५.८९ प्रतिशत बाेनस र ०.८३ प्रतिशत नगद गरि कूल १६.७२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ०.७८ प्रतिशत नगद गरि कूल १५.७८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १०.२६९५ प्रतिशत बाेनस र ०.५४०५ प्रतिशत नगद गरि कूल १०.८१ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।