Like us!
Follow us!

बिहीबार यी कम्पनीका लगानीकर्ताले कमाए, तपाईँ पर्नुभयो कि भएन त ?

बिहीबार यी कम्पनीका लगानीकर्ताले कमाए, तपाईँ पर्नुभयो कि भएन त ?

लगानी खबर, काठमाडौं - बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २.७४ अंकले बढेर २६७४.३५ मा पुगेकाे छ । नेप्से ०.१० प्रतिशतले बढेकाे हो । कूल २०७ वटा कम्पनीकाे एक कराेड ३३ लाख ७६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५५ करोड ६६ लाख १६ हजार ६ सय ८० रुपैयाँको कारोबार भएकाे छ ।

बिहीबार सर्वाधिक नाफा कमाउने कम्पनीकाे पहिलाे नम्बरमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९४ प्रतिशतले बढेर एक हजार ४ सय ५ रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, झिनाे अंकले बढेकाे बजारमा क्रमश: ग्रीन लाइफ हाइड्राेपावर कम्पनी लिमिटेड,  ज्याेति लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड, रिलायन्स फाइनान्स कम्पनी लिमिटेड, ग्लाेबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेड, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र पाेखरा फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधीक कमाएका छन् ।

606ed00136297.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।