आज बिहीबार सेयर बजारमा नेप्से परिसूचक सामान्य बढेको छ भने सेन्सेटिभ परिसूचक घटेको छ ।
सामान्य अंकले बढेको बजारमा आज यूनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य ८ रुपैयाँले घटेर १ सय ७३ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, अजोड इन्स्योरेन्स लिमिटेड, एनआइसी एशिया ग्रोथ फण्ड, पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेड, रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड, खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेड, नेशनल हाइड्रोपावर र हिमालयन जनरल इन्स्योरेन्स रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।