लगानी खबर, काठमाडौँ - साताकाे अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा सामान्य सुधार देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २.७४ अंकले बढेर २६७४.३५ मा पुगेकाे छ । नेप्से ०.१० प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.२८ अंकले घटेर ४७६.५१ मा पुगेको छ ।
कूल २०७ वटा कम्पनीकाे एक कराेड ३३ लाख ७६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५५ करोड ६६ लाख १६ हजार ६ सय ८० रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे सेयर घटेकाे छ ।
त्यसैगरी, बिहीबार ६ कम्पनीहरुको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन लाइफ हाइड्राेपावर कम्पनी लिमिटेड, ज्याेति लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड, रिलायन्स फाइनान्स कम्पनी लिमिटेड र ग्लाेबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।