Like us!
Follow us!

नेपाल लाइफको स्टक स्प्लिटबारेमा अध्ययन गर्दै बीमा समिति, के होला निष्कर्ष ?

नेपाल लाइफको स्टक स्प्लिटबारेमा अध्ययन गर्दै बीमा समिति, के होला निष्कर्ष ?

लगानी खबर, काठमाडौं - नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे स्टक स्प्लीटकाे निर्णयबारे बिमा समितिले अध्ययन गरिरहेकाे छ ।नेपालमा स्टक स्प्लीट पहिलाेपटक गर्न लागिएकाे हुनाले यसबारे यसै निर्णय लिइहाल्नु भन्दा पनि सुरूमा बिमा समितिले राम्ररी अध्ययन गरिरहेकाे जनाइएकाे छ ।

कम्पनीकाे माघ २८ गते सम्पन्न भएकाे वार्षिक साधारण सभाले प्रतिसेयर मूल्य १०० रुपैयाँलाई परिवर्तन गरी (स्प्लीट) प्रतिसेयर मूल्य ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेकाे थियाे । तर कम्पनीले मात्र पारित गरेर हुँदन याे निर्णय नियामक निकायहरूले समेत स्वीकृत गर्नुपर्नेछ ।

कम्पनीले यस कम्पनीकाे सेयरमा साना लगानीकर्ताहरुको समेत सहज पहुँच हाेस् भनेर स्टक स्प्लीट अर्थात सेयर खण्डीकरण सम्बन्धी निर्णय अघि सारेकाे हाे । स्टक स्प्लीट भन्नाले यसअघि कम्पनीले आइपीओ जारी गर्दा प्रतिकित्ता (फेस भ्यालू) १०० रुपैयाँ कायम गरेकाेमा त्यसलाई घटाएर अब फेस भ्यालू प्रतिकित्ता ५० रुपैयाँ बनाउन लागिएको हो । स्टक स्प्लिट हुँदा कम्पनीको सेयर संख्या दोब्बरले वृद्धि हुन्छ भने दोस्रो बजारमा कम्पनीको सेयर मूल्य भने आधाले घट्दछ ।

कम्पनीकाे याे निर्णयमा कुनैपनी स्पष्ट शैद्धान्तिक उद्देश्य नदेखिएकाे पनि बिमा समितिकाे ठहर छ । स्टक स्प्लिट गर्न मिल्ने कानुनी आधार भने रहेकाे छ । स्टक स्प्लिटकाे निर्णय कार्यान्वयन गर्नका लागि नेपालकाे कुनै पनि कानुनले रोक्न सक्दैन ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।