लगानी खबर, काठमाडौं - आज (सोमबार) सेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १.१३ अंकले बढेर २६५८.७४ मा पुग्दा सेयरबजार झिनो अंकले बढेको हो ।
आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेड पहिलो नंबरमा रहेको छ । कम्पनीले आज ३४ कारोड ७५ लाख ६८ हजार बराबरको कारोबार गर्न सफल भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ९०८ रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी, आईएमई जनरल इस्योरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हिमालयन जनरल इन्स्योरेन्स, नेपाल टेलिकम,नबिल बैंक, चन्द्रागिरी हिल्स लिमिटेड, एनआईसी एशिया बैंक, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर आज सर्वाधिक कारोबार गर्ने १० कम्पनीमा परेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।