लगानी खबर, काठमाडौं - सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १.१३ अंकले बढेर २६५८.७४ मा पुगेको छ ।
सोमबार सर्वाधिक नाफा कमाउने कम्पनीको पहिलो नम्बरमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । कम्पनीको सेयरमूल्य ९६ रुपैयाँले बढेर १ हजार ५७ रूपैयाँमा पुगेको छ ।
त्यसैगरी, बढेको बजारमा क्रमश: सर्वाधिक राधी हाइड्रोपावर, वोमी लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, चन्द्रागिरी हिल्स लिमिटेड, अप्पर तामाकोशी हाइड्रोपावर, सान्जेन जलविद्युत, पाँचथर पावर र मल्टीपर्पस फाइनान्सका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।