Like us!
Follow us!

९ वटा निर्जीवन बीमा कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

९ वटा निर्जीवन बीमा कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

लगानी खबर, काठमाडौं - हालसम्म नेप्सेमा सूचिकृत भएका विभिन्न ९ वटा निर्जीवन बीमा कम्पनीहरूले मात्र गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई प्रदान गरिने लाभांशकाे घाेषणा गरेका छन् ।

नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरूमध्ये हालसम्म ९ वटा कम्पनीले मात्र लाभांश घाेषणा गरेका छन् भने बाँकी कम्पनीहरूले लाभांश घाेषणा गर्न बाँकी नै छ ।

९ वटा निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै लाभांश दिनेमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेकाे छ भने सबैभन्दा कम दिनेमा हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड रहेकाे छ ।

हेर्नुस् कुन कम्पनीकाे कति ?

१. शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको २७.७६९  प्रतिशत बोनस शेयर र १.४६२ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २९.२३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ ।

२. प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

३. नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बाेनस शेयर र कर प्रयाेजनका लागि २ प्रतिशत नगद गरि कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

४. प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बाेनस शेयर र कर प्रयाेजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

५. प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ ।

६. हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३ प्रतिशत बाेनस शेयर र कर प्रयाेजनका लागि ३.७५ प्रतिशत नगद गरि कूल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

७. आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७ प्रतिशत बाेनस शेयर र कर प्रयाेजनका लागि ०.३७ प्रतिशत नगद गरि कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

८. एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड

एभरेष्ट इन्स्योरन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बाेनस शेयर र कर प्रयाेजनका लागि ०.४२ प्रतिशत नगद गरि कूल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

९. सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीकाे १२ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ३.७८९४ प्रतिशत नगद गरि कूल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

माथी उल्लेख गरिएका ९ वटा कम्पनीबाहेक अब नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड, युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश घाेषणा हुन अझै बाँकी नै छ । तर अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेडले भने यसअघि नै लाभांश घाेषणा नगर्ने घाेषणा गरिसकेकाे छ । यसरी हेर्दा अब अजाेडबाहेक बाँकी ८ वटा कम्पनीकाे लाभांश आउन बाँकी छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।