लगानी खबर, काठमाडौं - आज (सोमबार) सेयर बजार झिनो अंकले वृद्धि भएको छ । विगत केहि दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजारमा आज पनि झिनो अंकले बढेको हो ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार आज सेयर मापक नेप्से परिसूचक १.१३ अंकले बढेर २६५८.७४ अंकको बिन्दुमा पुगेर रोकिएको हो । बजार बन्द हुँदाको नेप्से परिसूचकको यो बिन्दु हालसम्मकै उच्च हो ।
त्यस्तै नेप्से परिसूचक १.०९ अंकले बढेको छ । आइतबारको तुलनामा आज कारोबार रकममा भने गिरावट आएको छ । आज कुल २१२ कम्पनीको एक करोड ५८ लाख ५३ हजार ९९३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
त्यस्तै, आज कारोबार भएका कूल कम्पनीहरुमध्ये ४ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ७ वटा मात्र उपसमूहको सेयर बढेको छ, भने बाँकी ६ वटा उपसमूहकाे सेयर घटेकाे छ । आज बैकिंग, डेभलपमेन्ट बैंक, निर्जीवन बीमा, फाइनान्स, जीवन बीमा र लगानी समूहको सेयर घटेको छ । भने अन्य उपसमूहको सेयर बढेको हो ।
स्टकका अनुसार आज अप्पर तामाकोशी हाइड्रोपावरको सर्वाधिक सेयर काराेबार भएकाे छ । कम्पनीले ३४ करोड ७५ लाख ६८ हजार बराबरको कारोबार गर्न सफल भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ९०८ रुपैयाँमा कारोबार भएको छ ।
आजको सेयर तालिका हेर्नुहोस्:-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।