लगानी खबर, काठमाडौं - आज (सोमबार) सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक १.१३ अंकले बढेर २६५८.७४ मा पुग्दा सेयरबजार झिनो अंकले बढेको हो ।
झिनो अंकले बढेको बजारमा आज गोर्खाज फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य २१ रुपैयाँले घटेर ४ सय ८९ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: श्री इन्भेष्टमेण्ट फाइनान्स कम्पनी लिमिटेड, स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड, सर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।