लगानी खबर, काठमाडौं- आज (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । सोमबार नेप्सेमा ३ वटा कम्पनीको १२ लाख ७४ हजार भन्दा बढी कित्ता सेयर सूचिकृत भएको हो ।
स्टकका अनुसार ङादी ग्रुप पावर लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सूचिकृत भएको हो ।
कुनको कित्ता कति ?
ङादी ग्रुप पावर लिमिटेड
नेप्सेमा ङादी ग्रुप पावरको ५ लाख ३५ हजार ५५४ दशमलव ८० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड
इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ६ लाख १० हजार ९९८ दशमलव ७९५० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
बरुण हाइड्रोपावर कम्पनी लिमिटेड
सोमबार बरुण हाइड्रोपावरको १ लाख २७ हजार ५५७ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।