Like us!
Follow us!

सहारा विकास बैंकको लिलामी शेयर भाद्र २३ गतेसम्म भर्न मिल्ने

सहारा विकास बैंकको लिलामी शेयर भाद्र २३ गतेसम्म भर्न मिल्ने

लगानीखबर, काठमाडौ– सहारा विकास बैंक लिमिटेडले लिलामी मार्फत बिक्री गर्न लागेको संस्थापक समूहको शेयर भर्ने म्याद थपिएको छ । यसअघि भदौ ८ गतेसम्म भनिएकोमा अब भाद्र २३ गतेसम्म पुर्याइएको छ ।

बैंकले श्रावण ३० गते शुक्रबारबाट संस्थापक समूहको ९ लाख २१ हजार १ सय ४८ दशमलव ७० कित्ता हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।

बैंकले  जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद शेयर खुल्ला गरेको थियो । उक्त अवधिभित्र आवेदन नपरेको बाँकी शेयर बैंकले लिलामी मार्फत बिक्री गरेको हो । 

उक्त हकप्रद शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले अब भाद्र २३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन् । बैंकको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गरेको छ ।

लगानीकर्ताले एनआइबीएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगन्ज र धनगढी शाखा कार्यालय तथा सहारा विकास बैंकका सबै शाखा कार्यालय र ग्रीन डेभलपमेन्ट बैंकको बागलुङ शाखाबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ;

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।