Like us!
Follow us!

नबिल बैंकको १० वर्षको लाभांश इतिहास : सेयरधनी हजारबाट लखपति !

नबिल बैंकको १० वर्षको लाभांश इतिहास : सेयरधनी हजारबाट लखपति !

लगानी खबर, काठमाडौं - लगानीकर्ताहरूलाई बम्पर लाभांश वितरण गर्ने सूचीमा नबिल बैंक लिमिटेड पनि पर्दछ । नबिल बैंक पनि लगानीकर्ताकाे राेजाइमा परेकाे कम्पनी हाे ।

सुरूवातदेखि नै बैंकले आफ्ना लगानीकर्ताहरूलाई आकर्षक प्रतिफल दिँदै आइरहेको छ । बैंकले हालसम्म आफ्ना लगानीकर्ताहरूलाई ५ सय ६२ प्रतिशत बाेनस सेयर मात्र वितरण गरेकाे छ भने आकर्षक रूपमा नगद लाभांश पनि वितरण गर्दै आइरहेको छ ।

बैंककाे सेयरमा दश वर्ष अगाडि १० हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी अहिले बढेर ८ लाख भन्दा माथी पुगेकाे छ भने बैंकले लगानी रकमकाे २ गुणा नगद लाभांशकाे रूपमा वितरण गरिसकेकाे छ ।

आज (चैत्र १९ गते, बिहीबार) काे नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे तथ्यांक अनुसार बैंककाे सेयरमूल्य प्रतिकित्ता एक हजार २ सय ८३ रूपैयाँ रहेकाे छ । 

यस्ताे छ नबिल बैंकको १० वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० नगद लाभांश वितरण गरेकाे थियाे । यस वर्ष बाेनस थिएन ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र ४० प्रतिशत नगद गरि कूल ६० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र ४० प्रतिशत नगद गरि कूल ६५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र ४५ प्रतिशत नगद गरि कूल ६५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र ६.८४२ प्रतिशत नगद गरि कूल ३६.८४२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल ४५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १८ प्रतिशत नगद गरि कूल ४८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३३.५ प्रतिशत बाेनस र १.७६ प्रतिशत नगद गरि कूल ३५.२६ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।