लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वटा कम्पनीकाे सेयरमूल्य समायोजन भएको छ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायोजन गरिएकाे हाे ।
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १५.३५ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ९ सय ६० रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २ हजार २ सय ६१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
त्यसैगरी, सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ८.१३ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय ९६ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ७ सय २६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।