लगानी खबर, काठमाडाैँ - आज (बुधबार) पनि सेयर बजारमा चमक देखिएकाे छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४३.३६ अंकले बढेर २६१९.०२ मा पुगेकाे छ ।
बुधबार सबैभन्दा धेरै काराेबार हुने कम्पनीहरूकाे पहिलाे नम्बरमा हाइड्राे इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे ३६ कराेड ३७ लाख ५३ हजार ९ सय ६० रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
त्यसपश्चात् क्रमश: अपर तामाकाेशी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेड, युनाइटेड इन्स्याेरेन्स कम्पनी लिमिटेड, ग्लाेबल आइमइ बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड र रसुवागढी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।