लगानी खबर, काठमाडौं - नेपाल स्टक एकस्चेन्ज(नेप्से) को ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा पुनः समस्या देखिएको छ । टिएमएसमा समस्या देखिएसँगै लगानीकर्ताहरुमा मारमा परेका छन् ।
केहि समय अघिसम्म लगानीकर्ताले अनुरोध गरेको खरिद आदेश नै हराउने समस्या आइरहेकोमा अहिले भने अनलाईन ट्रेडिङमा सिस्टमको वेवसाइट नै नखुल्ने समस्या देखिएको छ । टिएमएसमा समस्या आएसँगै लगानीकर्ताहरुले सामाजिक सञ्जालमा आकोश पोखिरहेका छन् ।
नेप्सेको टिएमएसमा देखिएको यो समस्या पहिलो भने होइन यसअघि पनि नेप्सेको टिएमएसमा बारम्बार विभिन्न समस्याहरु आउने आइरहन्थ्यो ।
नेप्सेले केही प्राविधिक गडबडीले ब्रोकरको डिएनए अवरुद्ध हुन पुगेको र यसले टिएमएसबाट कारोबार नभएको जनाएको छ । समस्या समाधानका लागि काम भइरहेको भन्दै केही समय धैर्य गर्न नेप्सेले लगानीकर्तालाई आग्रह गरेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।