लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर सूचिकृत हुनुका साथै काराेबार समेत फुकुवा भएकाे छ ।
स्टकका अनुसार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १:०.९४ काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे २५ लाख ९४ हजार ४ सय कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।
यसका साथै, आज (चैत्र १७ गते, मंगलबार) बाट मर्जर प्रयाेजनका लागि राेक्का भएकाे संस्थाकाे काराेबार समेत फुकुवा गरिएकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।