दुईदिन देखि ओरालो यात्रा तय गरिरहेको सेयर बजारले आज (मंगलबार) भने उकालो यात्रा तय गरेको छ ।आज सेयर बजार दोहोरो अंकले बढेको हो । आज कारोबार रकममा पनि सुधार आएको छ ।
बुधबार ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेड, सानीमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड, जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड, अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेड र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.१५ अंकले बढेर २५७५.६६ मा पुगेकाे छ । नेप्से १.२६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ६.१९ अंकले बढेर ४५६.१० मा पुगेको छ ।
कूल २०९ वटा कम्पनीकाे १ करोड २२ लाख ९ हजार ७सय ७६ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४९८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ वटा मात्र उपसमूहको सेयर बढेको छ भने बाँकी २ वटा उपसमूहकाे सेयर घटेकाे छ ।
त्यसैगरी, स्टकका अनुसार आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर काराेबार भएकाे छ । कम्पनीले ४८ करोड ९४ हजार बराबरको कारोबार भएको छ ।
आजको सेयर तालिका हेर्नुहोस्:-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।