Like us!
Follow us!

चीनबाट कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

चीनबाट कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

लगानी खबर, काठमाडौं - चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप सोमबार बिहान काठमाडौं ल्याइएको छ । 

चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको चिनियाँ खोप आज विहान काठमाडौं ल्याइएको हो ।  उक्त खोप नेपाल एयरलाइन्सको वाइडबडी ३३० जहाजबाट काठमाडौं ल्याइएको हो ।

चीनले अनुदानमा कोरोना विरुद्धको ८ लाख डोज खोप नेपाललाई उपलब्ध गराएको थियो ।  त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरेकी हुन् ।

नेपाल एयरलाइन्सको विमानले बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट उक्त खोप आज बिहान काठमाडौं ल्याएको हो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।