Like us!
Follow us!

पिई रेसियो न्यून भएका १० कम्पनी : बेलैमा चिनौँ, लगानी गरौँ

पिई रेसियो न्यून भएका १० कम्पनी : बेलैमा चिनौँ, लगानी गरौँ

लगानी खबर, काठमाडौं - नेपालमा पछिल्लाे समय सेयर बजारतर्फ लगानीकर्ताहरूकाे आकर्षण बढ्दै गइरहेकाे छ । नयाँ लगानीकर्ताहरू थपिने क्रम पनि दिनानुदिन बढ्दै गइरहेकाे छ । 

प्राथमिक बजारमा मात्र नभएर दाेश्राे बजारमा समेत नयाँ लगानीकर्ताहरू प्रवेश गरिरहेकाे छन् । भर्खरै केही समय अघि मात्र नेपाली सेयर बजारले नयाँ इतिहास रचेकाे थियाे । सेयर बजारले नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरू पनि उत्साहित हुँदै लगानी गर्न थालेका छन् ।

यस्ताे अवस्थामा कतिपय उत्कृष्ट वित्तीय अवस्था भएका कम्पनीहरू पनि लगानीकर्ताहरूकाे आँखामा परेका छैनन् । अर्थात् केही उत्कृष्ट कम्पनीहरू ओझेलमा परेका छन् । 

कुनैपनि कम्पनीकाे सेयरमूल्यलाई मूल्य आम्दानी अनुपात (पिई रेसियाे) ले प्रत्यक्ष रूपमा प्रभावित पार्ने गर्दछ । कम्पनीकाे सेयरमूल्यलाई प्रभाव पार्ने कुराहरू भनेका पिई रेसियाे, खूद सम्पत्ती, कूल सम्पत्ती, प्रतिशेयर आम्दानी, संचित नोक्सानी, सञ्चालन खर्च आदी हुन् ।

कम्पनीकाे प्रतिशेयर आम्दानी हेरेर बजारमा सेयरकाे मूल्य कति गुणा बढीमा किनबेच भइरहेकाे छ भनेर छुट्याउन सकिन्छ । कम्पनीले यतिकै आम्दानी हरेक वर्ष गर्दा अहिले बजारमा किनेकाे सेयरले कति समयमा लगानी फिर्ता गर्ला भनेर पिइ रेसियाे हेरेर अनुमान लगाउन सकिन्छ । 

कुनैपनी कम्पनीको पिई रेसियो कम्पनीको हालको प्रतिसेयर मूल्यलाई कम्पनीको प्रतिसेयर आम्दानीले भाग गरेर निकाल्ने गरिन्छ । कम्पनीको छनौट गर्दा सकेसम्म कम पिइ रेसियो रहेका कम्पनीको छनौट गर्नु पर्दछ । नयाँ लगानीकर्ताहरुले १५ भन्दा कम पिइ रेसियो भएका कम्पनीहरुमा लगानी गर्न सकेमा त्यो लगानी बढि सुरक्षित हुन सक्दछ । आज हामी यहाँ पिई रेसियाे १५ भन्दा कम भएका १० वटा कम्पनीहरूकाे कुरा गर्दैछाैँ ।

१. गाेर्खाज फाइनान्स कम्पनी लिमिटेड :

हिजाे (चैत्र ११ गते, बुधबार) काे तथ्यांक अनुसार फाइनान्सकाे मूल्य ४ सय १७ रूपैयाँ रहँदा पिई रेसियाे १० दशमलव ६२ रहेकाे छ ।

२. कामना सेवा विकास बैंक लिमिटेड :

हिजाे (चैत्र ११ गते, बुधबार) काे तथ्यांक अनुसार बैंककाे मूल्य ३ सय १३ रूपैयाँ रहँदा पिई रेसियाे १० दशमलव ६४ रहेकाे छ ।

३. आईसीएफसी फाइनान्स कम्पनी लिमिटेड :

हिजाे (चैत्र ११ गते, बुधबार) काे तथ्यांक अनुसार फाइनान्सकाे मूल्य २ सय ९९ रूपैयाँ रहँदा पिई रेसियाे १२ दशमलव ४९ रहेकाे छ ।

४. महालक्ष्मी विकास बैंक लिमिटेड :

हिजाे (चैत्र ११ गते, बुधबार) काे तथ्यांक अनुसार बैंककाे मूल्य २ सय ७० रूपैयाँ रहँदा पिई रेसियाे १३ दशमलव ०१ रहेकाे छ ।

५. पाेखरा फाइनान्स कम्पनी लिमिटेड :

हिजाे (चैत्र ११ गते, बुधबार) काे तथ्यांक अनुसार फाइनान्सकाे मूल्य २ सय ६४ रूपैयाँ रहँदा पिई रेसियाे १३ दशमलव १२ रहेकाे छ ।

६. लुम्बिनी विकास बैंक लिमिटेड :

हिजाे (चैत्र ११ गते, बुधबार) काे तथ्यांक अनुसार बैंककाे मूल्य २ सय ४८ रूपैयाँ रहँदा पिई रेसियाे १३ दशमलव ७६ रहेकाे छ ।

७. ज्याेती विकास बैंक लिमिटेड :

हिजाे (चैत्र ११ गते, बुधबार) काे तथ्यांक अनुसार बैंककाे मूल्य २ सय २३ रूपैयाँ रहँदा पिई रेसियाे १४ दशमलव ०३ रहेकाे छ ।

८. गरिमा विकास बैंक लिमिटेड :

हिजाे (चैत्र ११ गते, बुधबार) काे तथ्यांक अनुसार बैंककाे मूल्य ३ सय ८ रूपैयाँ रहँदा पिई रेसियाे १४ दशमलव ३९ रहेकाे छ ।

९. पाँचथर पावर कम्पनी लिमिटेड :

हिजाे (चैत्र ११ गते, बुधबार) काे तथ्यांक अनुसार कम्पनीकाे मूल्य २ सय ७४ रूपैयाँ रहँदा पिई रेसियाे १४ दशमलव ७० रहेकाे छ ।

१०. अरूण काबेली पावर कम्पनी लिमिटेड :

हिजाे (चैत्र ११ गते, बुधबार) काे तथ्यांक अनुसार कम्पनीकाे मूल्य ३ सय ४४ रूपैयाँ रहँदा पिई रेसियाे १४ दशमलव ९३ रहेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।