Like us!
Follow us!

हाइड्रोमा लगानीकर्ताले देखाए विश्वास : लिवर्टी इनर्जीको आइपिओ भर्न अब केहि घण्टा मात्र बाँकी

हाइड्रोमा लगानीकर्ताले देखाए विश्वास : लिवर्टी इनर्जीको आइपिओ भर्न अब केहि घण्टा मात्र बाँकी

लगानीखबर, काठमाडौँ -लिवर्टी इनर्जी कम्पनी लिमिटेडले एक सूचना निकाल्दै आज(आइतबार)को बांकिंङ्ग समय पछि आइपिओ बन्द हुने सूचना निकालेको छ। 

 कम्पनीले निष्काशन गरेको लगभग सबै शेयर बिक्री भईसकेको छ। 

कम्पनीले  भदौ ३ गतेदेखि जारी पूँजीको २५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका कूल ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेकाे थियाे ।

आइपिओ स्थानीयवासीलाई जारी गरिसकेको र सर्वसाधारणलाई निश्कासन गरी बाँडफाँड पछि पश्चात कम्पनीको चुक्ता पूँजी रु १ अर्व ५० करोड हुनेछ ।

लगानीकर्ताले  न्यूनतम १० कित्ता देखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

हाइड्रोको आइपिओमा लगानीकर्ताले इच्छा देखाउन छाडेको अवस्थामा यस आइपिओमा परेको लगानी देख्दा लगानीकर्ता फेरी हाइड्रो तर्फ आकर्षित पो हो कि भन्ने देखिन्छ।  

5f41f45d0c36c.jpeg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।