Like us!
Follow us!

बजार चम्किँदा यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

बजार चम्किँदा यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौँ - आज (बुधबार) पनि सेयर बजारमा चमक देखा परेकाे छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३० अंकले बढेर २५७०.२५ मा पुगेकाे छ । 

बुधबार सबैभन्दा धेरै काराेबार हुने कम्पनीहरूकाे पहिलाे नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड रहेकाे छ । बैंककाे ६५ कराेड १५ लाख एक हजार ६ सय ९५ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

त्यसपश्चात् क्रमश: अपर तामाकाेशी, नेपाल बङ्गलादेश बैंक लिमिटेड, हिमालयन डिष्टीलरी, अपि पावर कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, मेघा बैंक, फर्स्ट माइक्राेफाइनान्स, साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

605b09353e6ac.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।