लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अनलाइन ट्रेडिङ सिस्टम सम्बन्धी सरोकारवालाहरुले राखेका विभिन्न जिज्ञासाहरूलाई सम्बाेधन गर्दै एउटा सामाग्री तयार पारेकाे छ ।
उक्त सामाग्री यस प्रकारकाे छ :
१) TMS मा Registration प्रक्रिया पुरा भईसकेपछि Email प्राप्त भएन भने के गर्ने ?
- यदि ब्रोकरले तपाइको खाता खोलेको हो भने, TMS मा तपाईको सही Email प्रविष्टि भएको छ / छैन ब्रोकर मार्फत यकिन गर्नुहोस् ।
- यदि तपाई आफैले Online Registration मार्फत खाता खोल्नु भएको अवस्थामा पनि Email नआएमा ब्रोकरसँग नै सम्पर्क गरी आवश्यक सल्लाह लिनुहोस् । [ नोट : सिस्टमले reply गरेको Email कहिलेकहीं Spam मा बस्ने गरेको हुँदा Email को Spam Section मा पनि चेक गर्नुहोस् ]
२) TMS मा Registration गर्दा "Duplicate BOID" error आएमा के गर्ने ?
आफुले खाता खोल्न चाहेको ब्रोकरलाई तल दिईएका विवरण राखी email गर्नुहोस् ।
- BOID / Demat Number
- Client Code
३) TMS मा Citizenship No, Citizenship Issue Date वा Citizenship Issue Place नमिलेमा वा "Duplicate Citizenship" error आएमा के गर्ने ?
आफ्नो ब्रोकरलाई तल दिईएका विवरण राखी email गर्नुहोस् ।
- BOID / Demat Number
- Client Code
- Correct Citizenship No
- Correct Citizenship Issue Place
- Correct Citizenship Issue Date (in AD)
४) Support मा सम्पर्क गर्दा के के विवरण चाहिन्छ ?
- BOID / Demat Number
- Client Code
- Broker Name / Broker Number
नेप्सेले विभिन्न शाखाहरु मार्फत सरोकारवालाको गुनासो समाधान गर्दै आएको छ । निम्न विषयका लागि निम्न Extension Number र Email ID मार्फत सम्पर्क गर्न सक्नुहुन्छ । Telephone Numbers (+977)-1-4250755,4250756,4250757,4250758,4250596 Ext:- 0 E-Mail Address: [email protected]
क्र.स.
|
सम्बन्धीत विषयहरु
|
शाखा
|
एक्सटेनसन न.
|
इमेल ठेगाना
|
१.
|
टिएमएस सपोर्ट(TMS Support)
|
|
118, 145
|
|
२.
|
हेल्प डेस्क
|
|
0
|
|
३.
|
ब्रोकरसँग सम्बन्धीत विषयहरु
|
सुपरिवेक्षण शाखा
|
108,142
|
[email protected]
|
४.
|
संस्थापक शेयर तथा ओटीसी बजार सम्बन्धी कारोबार
|
कारोबार शाखा
|
107
|
|
५.
|
सूचीकृत कम्पनीको लग-इन तथा सूचना अपलोड गर्ने सम्बन्धी विषयहरु
|
सूचिकरण शाखा
|
136,137
|
[email protected]
|
६.
|
अन्य सूचना, तथ्यांक तथा जानकारीमूलक सामग्रीका लागि
|
अनुसन्धान शाखा
|
123
|
[email protected]
|
७.
|
वेवसाइट, मोबाइल एप सम्बन्धी विषयहरु
|
आई.टि शाखा
|
144,120,126,134,135
|
[email protected]
|
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।