Like us!
Follow us!

सर्वोत्तम सिमेन्टले कसलाई नियुक्त गर्यो बिक्री प्रबन्धक ?

सर्वोत्तम सिमेन्टले कसलाई नियुक्त गर्यो बिक्री प्रबन्धक ?

लगानी खबर, काठमाडौँ -  सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । 

कम्पनीले बुधबार एक कार्यक्रम सञ्चालन गर्दै निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई तथा सहायक बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड र प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे हाे । 

सर्वाेत्तम सिमेन्ट लिमिटेडले नेपाल मै पहिलाे पटक बुक विल्डिङ्ग विधिबाट साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ ।कम्पनीले निष्कासन गर्न लागेकाे आईपीओकाे मूल्य ७ सय ५० रूपैयाँ ताेकिएकाे छ । संस्थागत लगानीकर्तालाई रु ७५० मुल्य तोकिएको छ । यता सर्वसाधारणहरूले भने ७५० रूपैयाँमा  १०% घटाई ६७५ रूपैयाँमा सेयर पाउनेछन् ।

याे पनि :

सर्वाेत्तम सिमेन्टको आईपीओको मूल्य ७५० किन ?

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।