Like us!
Follow us!

सर्वाेत्तम सिमेन्टको आईपीओको मूल्य ७५० किन ?

सर्वाेत्तम सिमेन्टको आईपीओको मूल्य ७५० किन ?

लगानी खबर, काठमाडौं – सर्वाेत्तम सिमेन्ट लिमिटेडले नेपाल मै पहिलाे पटक बुक विल्डिङ्ग विधिबाट साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ ।

कम्पनीले निष्कासन गर्न लागेकाे आईपीओकाे मूल्य ७ सय ५० रूपैयाँ ताेकेपछि उक्त मूल्य धेरै भएकाे भन्दै लगानीकर्ताहरूबीच विभिन्न प्रश्न उठिरहेकाे बेलामा कम्पनीले कम्पनीकाे आईपीओको मूल्य ७५० किन भन्दै १५ वटा बुँदा सार्वजनिक गरेकाे छ । 

हेर्नुस् कम्पनीले सार्वजनिक गरेकाे १५ बुँदा :

 

१) कम्पनीको दैनिक  क्लिकंर उत्पादन क्षमता ३ हजार मेट्रिक टन तथा वार्षिक २ करोड बोरा सिमेन्ट उत्पादन क्षमता र कम चुक्ता पूँजीमा बढी उत्पादन हुँदा बढी प्रतिफल दिन सक्ने ।

२) कम्पनीले आफ्नो व्यवसायिक उत्पादन शुरु गरेपछि नै नाफा कमाउँदै आएको र  विगत ३ वर्षको औषत मुनाफा (कर पछिको) वार्षिक रु. १०४ करोड भन्दा बढी भएको ।

३) विगत तीन वर्षको औषत EPS रु. ५२ रहेको र आगामी तीन वर्षको औषत EPS रु. ४५ भन्दा वढी प्रक्षेपित गरिएकाले ।

४) कम्पनीको Reserve २०७७ माघ मसान्त सम्म रु. २३१ करोड भन्दा बढी रहेको ।

५) हाल  कम्पनीको  सम्पति  (Fair Market Value Or Replacement Value)  रु. २००० करोड रहेको ।

६) आगामी ३ वर्षसम्म आयकरमा ५०% छुट पाउने भएकाले वढी प्रतिफल दिनसक्ने ।

७) IPO  बाट  प्राप्त  रकममध्ये  ४०%  ले  ऋण भूक्तानी गरी  शत प्रतिशत ऋण मुक्त हुने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर हुने भएकाले, यसबाट ४ बर्षपछि बार्षिक प्रतिफल ७५% भन्दा बढि हुन जाने प्रक्षेपण गरिएकाले ।

८) IPO जारी पश्चात पहिलो ३ महिना भित्रै १०% बाेनस सेयर र २५% नगद लाभांश दिने निश्चित भएकोले सो वापत झण्डै रु १०० प्रति सेयरको आम्दानी तत्कालै हुने ।

९) सेयर धनिले तिरेको रु ६५० प्रिमियमको १५% ले हुन आउने प्रतिसेयर रु ९७.५० कम्पनिको रिजर्भमा रहने भएकोले सो वापत थप वोनस सेयर जारी हुने संभावना रहेको ।

१०) ICRA बाट IPO रेटिङ्ग BBB+ पाएकोले कम्पनि लगानी कर्ताको लागि औषतभन्दा बढी राम्रो रहेको । साथै ICRA रेटिङ्ग अनुसार कम्पनिको चुनढुंगा तथा ढुवानीको लागत अन्य सिमेन्ट उद्याेग भन्दा कम रहेकोले कम्पनिले बढी प्रतिफल दिन सक्ने ।

११) संस्थागत लगानीकर्तालाई रु ७५० मुल्य तोकिएकोमा सर्वसाधारणले ७५० मा  १०% घटाई अर्थात ७५०–७५ रु ६७५ मा सेयर पाउने भएकोले सर्वसाधारण लगानीकर्तालाई सहुलियत भएको ।

१२) कम्पनीले आफ्नो हाल सम्मको रिजर्भबाट १०% बाेनस सेयर र २५% नगदा लाभांश दिने भएकोले, सेयर खरिदको तीन महिना भित्रै लगभग रु १०० बराबरको प्रतिफल प्राप्त हुने । यसरी सर्वसाधारण लगानीकर्ताको सेयर मुल्य ६७५–१०० बराबर ५७५ मात्र पर्न जाने ।

१३) २५ वर्ष भन्दा बढी सिमेन्ट उद्योग सञ्चालन गरेका अनुभवी सञ्चालकहरुबाट सञ्चालित उद्योग भएकाले, संचालन लगात न्यून रहेकाले

१४) डेनमार्कबाट आयातित अत्याधुनिक VRM प्रविधिवाट सिमेन्ट उत्पादन गर्दा विद्युतमा ३०% बचत हुने तथा कोइला खपतमा २०% सम्म वचत हुने भएकाले लागत कम भई बढी प्रतिफल दिने 

१५) कम्पनीसँग ९० वर्ष पुग्ने चुनढुङा खानी रहेकोले उत्पादन क्षमता वढाउदै लैजान सजिलो रहेको ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।