लगानी खबर, काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडकाे संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । संस्थाले ५ लाख ८९ हजार ४ सय ३८ कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ४ सय ३७ रूपैयाँमा बिक्री खुल्ला गरेकाे हाे ।
उक्त सेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले न्युनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, संस्थाको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।