Like us!
Follow us!

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबारमा निफ्रा अब्बल

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबारमा निफ्रा अब्बल

लगानी खबर, काठमाडौं - आज (सोमबार) पनि सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । पछिल्लो केहि दिनयता सेयर बजारले  निरन्तर ओरालो यात्रामा रहेको सेयर बजारले आज पनि ओरोलो यात्रा तय गरेको हो । आज सेयर कारोबार मापक नेप्से परिसूचक  दोहोरो अंकले घटेको हो ।

आज नेप्से परिसूचक १८.०७ अंकले घटेर २३८९.१९ विन्दुमा पुगेकाे छ । नेप्से ०.७५ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ५.०७ अंकले घटेर ४०.०५ मा पुगेको छ ।

कूल २ सय १२  वटा कम्पनीकाे ९६ लाख ४ हजार ५२९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २४ करोड ८४  लाख २४  हजार ६६ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर बढेको छ, भने बाँकी ८ वटा कम्पनीको सेयर घटेको छ । 

त्यसैगरी, आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकले ४६ करोड ६२ लाख २१ हजार  रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस् :-

604f28ef5658e.JPG 604f28f1e0363.JPG 604f28f569ddc.JPG 604f28f800454.JPG 604f28fa526d9.JPG 604f28ff12d92.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।