लगानी खबर, काठमाडौं - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार गर्ने साइत जुरेको छ । मर्जरपछि यी २ कम्पनीले चैत्र ८ गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएका हुन् । एनआईसी एशिया लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।
दुवै संस्थाको माघ ४ गते बसेको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । त्यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २३ गते एकिकृत कारोबारको लागि अन्तिम स्वीकृति दिएको थियो ।
मर्जर पश्चात कम्पनीको केन्द्रिय कार्यालय इटहरी उप–नगरापालिका वडा नं. ९, सुनसरीमा रहनेछ । एकिकृत कारोबारको लागि डाटा माइग्रेसनको कार्य गर्नु पर्ने भएकोले चैत्र ६ गते दुवै संस्थाको सम्पूर्ण सेवा बन्द हुने कम्पनीले जनाएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।