Like us!
Follow us!

लाभांश पारित गर्न महिला सहयात्रा लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

लाभांश पारित गर्न महिला सहयात्रा लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं - महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

संस्थाको हिजो (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा चैत १८ गते, बुधबार ओम अध्याय रिट्रीट रिसोर्ट, थाहा नगरपालिका, ६ मकवानपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत गद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १०.५३ प्रतिशत लाभांश पारित गर्नेछ। 

त्यसैगरी, संस्थाले साधारण सभा र लाभांश प्रयोजनका लागि चैत १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले फागुन २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्। 

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

603f69f71660c.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।