लगानी खबर, काठमाडौं - सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने १ अर्ब रुपैयाँ बराबरको 'सनराइज ब्लूचिप फण्डको' इकाई चैत १ गतदेखि निष्कासन तथा बिक्री खुला हुने भएको छ ।
यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्न लागेको हो । कम्पनीले सञ्चालन गर्न लागेको यो सामूहिक लगानी कोष योजना बन्दमुखी योजना हो ।
कुल इकाईमध्ये सनराइज बैंकलाई १५ प्रतिशत वा एक करोड ५० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । लगानीकर्ताले उक्त इकाई न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म छिटोमा चैत ४ र ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
इकाई बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।
कहाँबाट दिने आवेदन ?
इकाई खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै, मेरो सेयर सफ्टवेयर र मेरो सेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।