लगानी खबर, काठमाडौँ - साताकाे अन्तिम दिन आज (बिहीबार) पनि शेयर बजारमा पहिराे गएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ४४.९४ अंकले घटेर २५५४.१३ मा पुगेकाे छ । नेप्से १.७३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.५३ अंकले घटेर ४६१.८१ मा पुगेको छ ।
कूल २०६ वटा कम्पनीकाे एक कराेड ५८ लाख ५६ हजार एक सय ७१ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार ४ सय १४ रुपैयाँको कारोबार भएकाे छ ।
स्टकका अनुसार बिहीबार कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै उपसमूहकाे शेयर राताम्मै देखिएकाे छ ।
त्यसैगरी, बिहीबार काराेबार रकमकाे आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । बैंककाे ९० कराेड ३५ लाख ६७ हजार ५ सय ७७ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।