Like us!
Follow us!

लिवर्टी ईनर्जी कम्पनीको ‘आइपिओ’ बिक्री खुल्ला

लिवर्टी ईनर्जी कम्पनीको ‘आइपिओ’ बिक्री खुल्ला

लगानीखबर, काठमाडौं– लिवर्टी इनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) आज अर्थात बुधबारदेखि बिक्री खुल्ला भएको छ । 

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका कूल ३५ लाख ६४ हजार ९३० कित्ता शेयर साधारण शेयर बिक्री खुला गरिएको छ । 

कम्पनीले पहिलो चरणमा स्थानीयवासीलाई आइपिओ निश्कासन गरिसकेको छ । 

यो दोस्रो चरणमा सर्वसाधारणको लागि आइपिओ निश्कासन गरको हो । 

आइपिओ स्थानीयवासीलाई जारी गरिसकेको र सर्वसाधारणलाई निश्कासन गरी बाँडफाँड पछि पश्चात कम्पनीको चुक्ता पूँजी रु १ अर्व ५० करोड हुनेछ ।

कहाँबाट आवेदन दिने?  

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमिति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरोशेयर सफ्टवेयर मार्फत पनि आवेदन गर्न सकिन्छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। 

लगानीकर्ताले  न्यूनतम १० कित्ता देखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। छिटोमा भदौ ७ गतेसम्म आवेदन दिन पाइनेछ भने सो अवधिसम्म निष्काशित सबै शेयर बिक्री नभएको खण्डमा भने भदौ १७ गतेसम्म खुला हुनेछ ।

कम्पनीको प्रगति 

यस कम्पनीले हाल निर्माण गरिरहेको २५ मे।वा। क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिकामा अवस्थित छ । उक्त आयोजनाको हाल टनेल निर्माण तथा पेनस्टक पाईप राख्ने काम सम्पन्न भएको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको सिभिल निर्माण कार्य समेत सम्पन्न भएको र पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरु जडान कार्य अन्तिम चरणमा पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तिय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करिब ९८५ सम्पन्न भई आगामी कार्तिक मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । 

विश्वव्यापी रुपमा कोरोना भाईरस महामारीको कारणले गर्दा विदेशबाट समयमै बाँकी केहि उपकरणहरु तथा प्राविधिकहरु आयोजना निर्माण स्थलमा ल्याउन कठिनाई भएकोले यस आयोजनाको साविकको विद्युत उत्पादन गर्नुपर्ने मिति २०७६ चैत्र मसान्तमा विद्युत उत्पादन सम्भव नभई आयोजनाको व्यापारिक उत्पादन गर्नुपर्ने मिति आगामी कार्तिक मसान्त सम्म थप गरिने भएको छ ।

यस आयोजनाको पानीको श्र्रोत दोर्दी खोला हिमनदी भएको र उपलब्ध पानी सिंचाई लगायत अन्य प्रयोजनमा प्रयोग नहुने भएकोले बहाव राम्रो रहेको छ । 

साथै आयोजनामा युरोपियन उत्पादकको इलेक्ट्रोमेकानिकल उपकरण प्रयोग तथा पावर हाउस सँगै रहेको सव–स्टेशनमा उत्पादित विद्युत जोडिने भएकोले प्रशारण नोक्सानी नहुने लगायतका कारणले यस आयोजना आकर्षक रहेको छ । 

यस कम्पनीले उल्लेखित आयोजना बाहेक बाग्लुङ जिल्लामा २४.६ मे.वा क्षमताको बडिगाढ खोला जलविद्युत आयोजना र लमजुङ जिल्लामै १.६ मे.वा क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको समेत सर्भेक्षण अनुमतिपत्र प्राप्त गरी आवश्यक सर्भेक्षण कार्य गरिरहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।