Like us!
Follow us!

आन्तरीक राजश्व कार्यालयको राजश्व संकलन अब प्रभु बैंकबाट

आन्तरीक राजश्व कार्यालयको राजश्व संकलन अब प्रभु बैंकबाट

लगानीखबर काठमाडौं, प्रभु बैंक लिमिटेडले आन्तरीक राजश्व संकलन सेवा सोमबारबाट सुरु गरेको छ ।  बैंकले जोरपाटी शाखाबाट राजश्व संकलन सेवा सुरु गरेको हो ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले आन्तरीक राजश्व कार्यालय जोरपाटीको राजश्व संकलन गरेर आफ्नो सेवा विस्तार गर्न सफल  भएको छ । 
बैंकबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीय बासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 
प्रभु बैंकले देशभरमा २०८ वटा शाखा कार्यालय, १७३ वटा ब्त्ः,५२ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवामार्पत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।