आज (सोमबार) सेयर बजारले भारी अंकले बढेको छ । आज सेयर बजारले नयाँ रेकर्ड कायम गरेको हो ।
आज नेप्से परिसूचक ९२.४२ अंकले बढेर २५८६.०१ अंकमा पुगेको हो । नेप्से ३.७१ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि १५.३३ अंकले बढेर ४६९.४४ अंकमा पुगेको छ ।
कुल २ सय ५ वटा कम्पनीको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सेयर बजार बढ्दा २ दर्जनभन्दा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ११ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
सोमबार लघुवित्त कम्पनीको नाफामा उछाल आएको हो । आज आशा लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, फर्वाड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, किसन लघुवित्त वित्तीय संस्था लिमिटेड, मिथिला लघुवित्त विकास बैंक, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड, आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक नाफा कमाएका छन्।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।