बुटवल पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १३ करोड ८३ लाख ९८ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा कम्पनीको नाफामा ८३.८९ प्रतिशतले गिरावट आएको छ । गत वर्षको सोहि अवधिसम्म कम्पनीले ८५ करोड ८८ लाख ६७ हजार रुपैयाँ नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको विद्युत बिक्री आम्दानीबाट ३९ करोड ३ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ। यो पनि गत वर्षभन्दा ३.५६ प्रतिशत कम भएको हो । गत वर्ष कम्पनीले विद्युत बिक्रीबाट ४० करोड ४७ लाख ३७ हजार रुपैयाँ गरेको थियो ।
त्यसैगरी, कम्पनीको संचालन मुनाफामा पनि गिरावट आएको छ । गत वर्ष ९० करोड १० लाख १२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १६ करोड ३५ लाख ८९ हजार रुपैयाँ मात्र यो नाफा गरेको हो ।
कम्पनीको चुक्तापूँजी २ अर्ब ९५ करोड १३ लाख ६१ हजार रुपैयाँ र जगेडा कोष ३ अर्ब ९२ करोड ७८ लाख ५२ हजार रुपैयाँ कायम रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ४.६९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३३.०९ रुपैयाँ रहेको छ ।
संस्थाले प्रकाशन गरेको वित्तीय विवरण हेर्नुहोस् :-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।