लगानी खबर, काठमाडौँ - आजकाल नेपाली शेयर बजारले दिनहुँ जसाे नयाँ रेकर्ड बनाउन थालेकाे छ । शेयर बजारले रेकर्ड ताेड्दै जाँदा लगानीकर्ताहरू पनि थप उत्साहित बन्दै गएका छन् । समग्र नेप्सेमा चमक देखा पर्न थालेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक १६.०४ अंकले बढेर २४४०.८७ मा पुगेकाे छ । नेप्से ०.६६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक भने ०.२४ अंकले घटेर ४५१.८२ मा पुगेको छ ।
कूल २०८ वटा कम्पनीकाे एक कराेड ९२ लाख ८५ हजार ५ सय ४ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७ सय ३१ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार साेमबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे शेयर घटेकाे छ ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।