लगानी खबर, काठमाडौँ - विभिन्न ५ वटा कम्पनीले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पएका छन् ।
१. मञ्जुश्री फाइनान्स लिमिटेड :
मञ्जुश्री फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्ने अनुमति माग्दै असोज २१ गते बुधबार सेबाेनमा निवेदन पेश गरेकाेमा बोर्डले फाइनान्सलाई पाैष २६ गते, आइतबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हाे । फाइनान्सले ८ वर्ष अवधिको लागि ५० करोड रुपैयाँ बराबरको ‘९.५ प्रतिशत, ८ वर्ष मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर २०८५’ नाम गरेकाे ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । जसमध्ये फाइनान्सले सर्वसाधारणका लागि २ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३ लाख कित्ता बिक्री गर्नेछ । त्यसैगरी, फाइनान्सकाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
२. प्राइम कमर्सियल बैंक लिमिटेड :
प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा कार्तिक १४ गते शुक्रबार निवेदन पेश गरेकाेमा बोर्डले बैंकलाई पाैष २६ गते, आइतबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हाे । बैंकले ८ वर्ष अवधिको लागि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘८.७५ प्रतिशत, ८ वर्ष प्राइम डिबेन्चर २०८५’ नाम गरेकाे ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २१ लाख कित्ता बिक्री गर्नेछ । बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।
३. कामना सेवा विकास बैंक लिमिटेड :
कामना सेवा विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न कार्तिक ३ गते साेमबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाेमा बोर्डले बैंकलाई माघ २ गते, शुक्रबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हाे । बैंकले १० वर्ष अवधिको लागि १ अर्ब रुपैयाँ बराबरको ‘१० वर्ष, ९.५ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ नाम गरेकाे १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ । बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
४. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड :
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले १० वर्ष अवधिकाे लागि ३ अर्ब रूपैयाँ बराबरको “१०.५ प्रतिशत एनसीसी ऋणपत्र २०८६” निष्कासन गर्नका लागि गत माघ १ गते सेबाेनमा निवेदन पेश गरेकाेमा बोर्डले बैंकलाई माघ ४ गते, आइतबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हाे ।१०.२५ प्रतिशत व्याजदर रहेकाे ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।
५. कृषि विकास बैंक लिमिटेड :
कृषि विकास बैंक लिमिटेडले मंसिर २९ गते बिहीबार सेबाेनमा निवेदन पेश गरेकाेमा बोर्डले बैंकलाई माघ ५ गते, साेमबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हाे । बैंकले ७ वर्ष अवधिको लागि ६ अर्ब रुपैयाँ बराबरको ‘७ वर्ष, ४ प्रतिशत कृषि ऋणपत्र’ नाम गरेकाे ६० लाख कित्ता ऋणपत्र निष्कासन गर्न निवेदन पेश गरेकाे छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि २४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३६ लाख कित्ता बिक्री गर्नेछ । त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।